वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्या समाधान गर्नु मेरो पहिलो प्राथमिकता हो : नवनिर्वाचित मेयर सिंह « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्या समाधान गर्नु मेरो पहिलो प्राथमिकता हो : नवनिर्वाचित मेयर सिंह


65
Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।

महानगर प्रमुखमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले वीरगञ्जबासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो ।

कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरुसँग बसेर छलफल गरी आवश्यक काम गर्ने उहाँको भनाइ छ । नवनिर्वाचित मेयर सिंहले वीरगञ्जमा सरसफाईको चुनौती रहेको बताउँदै वर्षात्को समयमा पानी जम्ने समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वीरगञ्जबासीसँग दैनिकी रुपमा जोडिएका जुन समस्याहरु छन् । सर्वप्रथम हामी त्यसलाई निदान गर्छौ । त्यसपछि विभिन्न सम्बन्धित विज्ञहरुसँग बसेर जसरी हामीले सुरुमा भनेका छौँ, करको विषयमा, स्वास्थ्य, शिक्षाको विषयमा हामी अगाडी बढ्छौँ । वीरगञ्जको सरसफाइ एउटा चुनौतीको रुपमा छ । वीरगञ्जबासीलाई वर्षातमा पानी जम्ने समस्या छ, यो सबै दैनिकीसँग जोडिएको कुराहरुलाई पहिलो प्राथमिकतामा राखेको छौँ ।’

सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका नेता सिंहले नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५४४ मतको फराकिलो अन्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । मेयरमा विजयी राजेशमानले ४६ हजार २१५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार ६७१ मत पाउनुभएको छ ।