३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सर्लाहीमा कस्ले कति जिते ?


0
Shares

सर्लाही । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सर्लाहीको सबै पालिकाको नतिजा सार्वजनिक भएको छ ।

२० पालिका रहेको सर्लाहीमा नेपाली कांग्रेस ३७२ जनप्रतिनिधि सहित पहिलो पार्टी बनेको छ । कांग्रेसले प्रमुख १२, उपप्रमुख ११, वडा अध्यक्ष ७४, दलित महिला सदस्य ६७, महिला सदस्य ६८ र खुल्ला सदस्य १४० जना जितेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्र कुल २०३ जन प्रतिनिधि सहित दोस्रो पार्टी बनेको छ । माओवादी केन्द्रले प्रमुख ४, उपप्रमुख ४, वडा अध्यक्ष ४०, दलित महिला सदस्य ४०, महिला सदस्य ३८ र खुला सदस्य ७७ जनालाई फूलमाला पैराउन सफल भएको छ ।

नेकपा एमालेले १ प्रमुख, २ उप प्रमुख सहित ३४ वडा अध्यक्ष, ३६ दलित महिला सदस्य, ३९ महिला सदस्य र ७२ खुला सदस्य गरि जम्मा १८४ जनालाई विजय बनाई रहँदा जसपाले भने १५२ मा चित्त बुझाएको छ । जसपाका २ प्रमुख, २ उप प्रमुख सहित २७ वडा अध्यक्ष, ३० दलित महिला सदस्य, ३१ महिला सदस्य, ६० खुला सदस्य विजयी भएका छन् ।

लोसपाका भने १ प्रमुख, १ उपप्रमुख सहित १५ वडा अध्यक्ष, १७ दलित महिला सदस्य, १६ महिला सदस्य र ३५ खुला सदस्य गरी जम्मा ८५ जना विजय भएका छन् ।

त्यसैगरि, पहिलो पटक चुनावमा होमिएको नेकपा एकिकृत समाजवादीले २९ जनालाई विजयको माला लगाइदिएको छ । एकिकृत समाजवादीले सर्लाहीमा प्रमुख र उप प्रमुखमा बाजी मार्न असफल भैरहदा ६ वडा अध्यक्ष, ६ दलित महिला सदस्य, ६ महिला सदस्य र ११ खुला सदस्य गरी जम्मा २९ जनप्रतिनिधिमा चित बुझाएको छ ।

यसैगरी, राप्रपा र बैजन एकता पार्टीले १ वडा अध्यक्ष, १ दलित महिला सदस्य, १ महिला सदस्य र २ खुला सदस्य गरी एक/एक वडाको पुरै प्यानल गरि १० जानले आफनो विजय यात्रा सफल पारेका छन् भने स्वतन्त्रबाट २ वडा अध्यक्ष, १ महिला सदस्य, १ दलित महिला सदस्य र १ खुला सदस्यले बाजी मारेका छन् ।