
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको वडानम्बर १२ मा पुनः मतगणना नहुने भएको छ ।
नगरपालिकाको वडानम्बर १२ मा बहुमत दलहरूले पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगले भने पुन मतगणना नगर्ने निर्णय गरेको हो ।
नगरपालिकामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपालगायतले पुनः मतदानको माग राखेका थिए भने नेकपा एमाले र नेपाली कांग्रेसले मतगणना सुरु गर्नका लागि दबाब दिँदै आएका थिए ।
लामो समयदेखि त्रियुगा–१२ को मतदानमा विवादित भएसँगै मतगणना स्थगित भएको थियो ।
आयोगले भने सो नगरपालिकामा मंगलबारदेखि नै मतगणना सुरु गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्