२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


कोरोना संक्रमणको आशंकामा पेप्सीकोलाका एकै परिवारका तीनजना अस्पताल भर्ना


0
Shares

काठमाडौं, वैशाख १ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा ‘र्‍यापिड टेस्ट’को ‘रिपोर्ट पोजिटिभ’ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

चैत पहिलो साता लन्डनबाट आएका एकै परिवारका बाउ, आमा र छोरीको र्‍यापिड टेस्ट गर्दा पोजिटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको ‘आइसोलेसन’मा लगिएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले र्‍यापिड टेस्टले संक्रमण देखिए पनि ‘पीसीआर’ परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको जानकारी दिए ।

पीसीआर परीक्षणको रिपोर्ट आएपछिमात्रै उनीहरुको संक्रमण निर्क्योल हुने छ ।

उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

पाँचओटा टावर रहेको उक्त अपार्टमेन्टमा ५०० परिवार बस्ने गरेको बताइन्छ । प्रहरीले उक्त अपार्टमेन्टलाई ‘सिल’ गरेको छ ।