Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


कोरोना उपचार, जोखिम नियन्त्रणमा खटिनेको मृत्यु भएमा ५० लाख दिने घोषणा


0
Shares

विराटनगर, वैशाख १ । प्रदेश नम्बर–१ सरकारले कोरोनाभाइरसको नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्नको कोरोना संक्रमणबाट मृत्यु भएको खन्डमा परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईले प्रदेशबासीको नाममा भिडियो सम्बोधन गर्दै कोरोनाको उपचारमा खटिने चिकित्सक, सुरक्षाकर्मी, एम्बुलेन्सचालक, निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना संक्रमित भइ मृत्यु भएमा प्रदेश सरकारको तर्फबाट ५० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले प्रदेश सरकारले राहत वितरणका लागि स्थानीय तहलाई साढे ९ करोड रुपैयाँ निकासा गरेका जनकारी गराएका छन् ।

त्यसैगरी, प्रदेश सरकारले कोरोनाभाइरसविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायहरुलाई एक करोड ६८ लाख रुपैयाँ निकासा गरेको छ ।

भिडियो हेर्नोस्