इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज राति हुँदै « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज राति हुँदै

एसी मिलान र इन्टर मिलानको खेलले उपाधि छिनोफानो गर्ने

78
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज आइतबार राति हुँदैछन् । आइतबार हुने खेलले नै उपाधि छिनोफानो गर्नेछ ।

उपाधि होडमा रहेका एसी मिलान र इन्टर मिलानबीच दुई अंकको फरक छ ।

शीर्ष स्थानमा रहेको एसी मिलान ३७ खेलबाट ८३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलान ८१ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । दुवै टोलीलाई जितको आवश्यक छ ।

दुवै टोलीले जित निकालेमा उपाधि एसी मिलानले जित्नेछ । एसी मिलानले सासुलोसँग खेल्नेछ । यो खेल राति पौने १२ बजेबाट सुरु हुनेछ ।

यसै समयमा हुने अर्को खेलमा इन्टर मिलानले साम्पोर्डियासँग खेल्नेछ । आइतबार नै हुने अर्को खेलमा नापोलीले सापेजियासँग खेल्नेछ ।