Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


सुनको मूल्य बढ्दा चाँदी चाहिँ स्थिर


5k
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७ सयले बढेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आइतबार स्थिर रहेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।