१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा एमालेकी कटुवालको अग्रता कायमै


923
Shares

सर्लाही । बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी कल्पना कटुवालको अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार कटुवालले १० हजार ४३६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर नेकपा माओवादी केन्द्रका देवानन्द महतोले ५ हजार ५४९ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका विगुप्रसाद चौधरीले ५ हजार ४६५ मत ल्याउनुभएको छ ।

यस्तै, उपमेयरमा पनि नेकपा एमालेकै उम्मेदवार रामबाबुप्रसाद साह ८ हजार ८३५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसकी गंगा दाहालले ६ हजार २८४ र निवर्तमान उपमेयर माओवादकी सीतादेवी माझीले ५ हजार ३३९ मत प्राप्त गरेका छन् ।