Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


रामेछापका नवनिर्वाचित प्रमुखले लिए सपथ


325
Shares

रामेछाप । रामेछाप जिल्लाबाट नवनिर्वाचित प्रमुखहरुले सपथ लिएका छन् ।

जिल्लाका आठ वटा स्थानीय तहका निर्वाचित नगरपालिका तथा गाउँपालिका प्रमुखहरुले शुक्रबार सदरमुकाम मन्थलीमा आयोजित औपचारिक कार्यक्रमकाबीच शपथ ग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मन्थली नगरपालिकामा आयोजना गरेको कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूले शपथग्रहण गरेको हो ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रमुखहरुको तर्फबाट मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सबै पक्ष र राजनितिक दलहरुसँग समन्वय गरी विकासको काममा लाग्ने कुरामा आफु प्रतिवद्ध रहेको भन्दै सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।

बिहीबार राति सम्पन्न मत परिणाम अनुसार रामेछापका आठ वटा स्थानीय तह मध्ये नेपाली कांग्रेसबाट रामेछाप नगरपालिका प्रमुखमा लवश्री न्यौपाने, गोकुलगंगा गाउँपालिका अध्यक्षमा काजीबहादुर खड्कार लिखु तामाकोसी गाउँपालिका अध्यक्षमा केशव महत निर्वाचित भएका छन् ।

यसैगरी नेकपा एमालेबाट मन्थली नगरपालिका प्रमुखमा लब श्रेष्ठ, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र खाँडादेवी गाउँपालिका अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षमा मैनकुमार मोक्तान र सुनापति गाउँपालिका अध्यक्षमा ठुलोकान्छा तामाङ निर्वाचित भएका छन् ।