२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सर्लाहीको ईश्वरपुर नगरपालिका प्रमुख र उप–प्रमुखमा कांग्रेस विजयी


689
Shares

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मनोजकुमार आचार्य विजयी हुनुभएको छ ।

आचार्य दुई हजार ५२० मतान्तरले नगरप्रमुखमा विजयी हुनुभएको हो ।

उहाँले आठ हजार ४८० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान नगरप्रमुख समेत रहनुभएका नेकपा एमालेका मनोजकुमार देवकोटाले पाँच हजार ९६० मत मात्रै ल्याउनुभयो ।

योसँगै सर्लाहीमा कांग्रेसले ११ वटा पालिकाको प्रमुखमा बाजी मारेको छ ।

यस्तै, उपप्रमुखमा पनि कांग्रेसकै रंजितादेवी चौधरी विजयी हुनुभएको छ । चौधरीले आठ हजार २६८ मत ल्याउनुभयो ।

१५ वटा वडा रहेको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले समान छ÷छ वटा वडा तथा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक÷एक वटा वडामा विजयी भए ।

सर्लाहीमा अहिले पनि कविलासी नगरपालिका र बरहथवा नगरपालिकाको मतगणना जारी छ । कविलासीमा कांग्रेसकै उम्मेदवारजितनजिक छन् भने बरहथवामा एमालेले अग्रता बनाइरहेको छ ।