२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


वीरगन्जको यतिम खानामा बस्दै आएका तीन जनामा कोरोना संक्रमण देखियो


0
Shares

काठमाडौं । वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै अब कोरोना संक्रमितको संख्या १२ पुगेको छ । हेटौडाको किटजन्य अनुसन्धान केन्द्रमा उनीहरुको परीक्षण भएको थियो ।

त्यहाँ रिपोर्ट अस्पष्ट भएपछि पुनः टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो ।

वीरगन्जको छपकैयास्थित यतिम खानामा बस्दै आएका उनीहरु आफैं स्वास्थ्य परीक्षण गराउन जाँदा शुक्रबारदेखि नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

तीमध्ये दुई जना उत्तर प्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका उनीहरु लकडाउनका कारण नेपालमा नै रोकिएका थिए ।