
काठमाडौं । फिल्म ‘जय शम्भु’ टिम यतिबेला फिल्मको प्रचार प्रसार सकाएर काठमाडौं फर्किएको छ ।
फिल्म युनिटले पोखरा, बुटवल र चितवनमा गई त्यहाँका दर्जन भन्दा बढी होटल तथा लजहरुमा फिल्मको बारेमा जानकारी गराए ।
यस्तै पत्रकार भेटघाट गरी फिल्मको वारेमा थप जानकारी दिई फिल्मका टिम यतिबेला काठमाडौं फर्किएका छन् ।
एक्सन लभस्टोरी भनिएको फिल्मका वारेमा जानकारी गराउन कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, वर्षा शिवाकोटी लगायत उपस्थित भएका थिए ।
रिलिज मिति नजिकिँदै गर्दा फिल्म युनिटले प्रचार प्रसारलाई तीव्र पारेका हुन् ।
देशव्यापी प्रचार प्रसारमा देखिएका फिल्मका टिमले प्रचारको लागि नयाँ शैली अपनाएका हुन् ।
जय शम्भु भाद्र १ बाट रिलिजसँगै एक्शन लभस्टोरी मन पराउने दर्शकको आशा पुरा हुने बताईएको छ ।
दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।
फिल्ममा हरि घले लामाको छायाकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।
फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आदको मूख्य भुमिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्