गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गर्‍यो : योगेश भट्टराई « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गर्‍यो : योगेश भट्टराई


182
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको बताउनुभएको छ ।

बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको हो ।

गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको उहाँले बताउनुभयो । उहाँले पार्टी हारको कारण उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको बताउनुभयो । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यसपटकको निर्वाचन हेर्दाखेरी मुलत्ः नेकपा(एमाले)को विरुद्धमा जुन गठबन्धन बनाइयो, एक । दुई, नेकपा(एमाले)का विरुद्ध राज्यसत्तालाई जसरी एमालेका विरुद्ध दुरुपयोग गरियो पुलिस प्रशासन, कर्मचारीतन्त्रदेखि लिएर अन्य विभिन्न निकायहरुलाई । यो परिस्थितिमा नेकपा(एमाले)ले जुन परिणाम ल्याएको छ यो कुनै निराशाजनक परिणाम होइन । आन्तरिक कारण पनि छन् । आन्तरिक हिसाबले विशेष गरेर उम्मेदवार छनौटमा कतिपय ठाउँमा हाम्रो गल्ती भएको देखिन्छ । त्यसलाई सच्याउनुपर्ने हुन्छ । त्यस्तै पार्टीले उम्मेदवारी दिइसकेपछि त्यो उम्मेदवारको पक्षमा जसरी पार्टीपंक्ति एकतावद्ध भएर लाग्नुपर्ने हो कतिपय ठाउँमा त्यो देखिएन । एमालेकै पनि कतिपय ठाउँमा बागि उम्मेदवारहरु देखिए । आफ्नो उम्मेदवारलाई मत नहाल्ने । विरोधी उम्मेदवारहरुसँग साँठगाँठ गर्ने, यस्ता खालका प्रवृत्ति पार्टी भित्र पनि देखिएका छन् । यसलाई हामिले समिक्षा गर्नुपर्छ ।’

सांसद भट्टराईले काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठुला दलहरुलाई चुनौती दिदैँ स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरुको निम्ति खतराको घण्टी भएको टिप्पणी गर्नुभयो ।