नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र सपथ « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र सपथ


143
Shares

पाल्पा । जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरूले निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र ग्रहण गरी सपथ ग्रहण गरेका छन् ।

पाल्पाका ३ सय ९८ जना जनप्रतिनिधिहरूले आ–आफ्नो पालिकामा निर्वाचन अधिकृतसँग प्रमाण ग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले नव–निर्वाचित नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई निर्वाचित प्रमाणपत्र हस्तान्तरण गर्दै सपथग्रहण गराएका छन् ।

नगर प्रमुख श्रेष्ठले उप–प्रमुख प्रतिक्षा सिंजाली लगायतका १४ वडाका वडाध्यक्ष सहित ७१ जना जनप्रतिनिधिलाई सपथ ग्रहण गराउनुभएको हो ।

सपथग्रहणपछि नव–निर्वाचित तानसेनका जनप्रतिनिधिहरू पालिकाका प्रमुख, उप–प्रमुखले पालिकाको केन्द्रमा र वडा अध्यक्ष तथा सदस्यहरूले वडा कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

२०७४ सालमा निर्वाचित पाल्पाका जनप्रतिनधिहरूले ५ वर्षे कार्यकाल पूरा गरी नव–निर्वाचित जनप्रतिनिधिहरूलाई पद हस्तान्तरण गरेका हुन् ।

जेठ ६ गते शुक्रबारदेखि पाल्पाका ९ पालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूले नियमित काममा खटिने छ ।

पाल्पामा १० वटा पालिकामध्ये ९ वटा पालिकाका जनप्रतिनिधीहरुले सपथग्रहण पछी आ आफ्नो जिम्मेवारीमा लागेका छन् ।

रम्भा गाउँपालिकामा भने स्थगित भएको मतगणना कार्य पुन शुभारम्भको लागी निर्वाचन आयोगले पत्रचार गरेको छ ।