
बुटवल । मत गणनाका नतिजाहरु आउने क्रम जारी रहेको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) विजयी भएका छन् ।
मायादेवीमा कांग्रेसका ध्रुव नारायण चौधरी फेरि दोहोरिनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार चौधरीले अध्यक्ष पदमा ५ हजार ३८६ मत ल्याएर विजयी हुनु भएका हो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका राम अधारे अहिरले ४ हजार ९८८ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपाध्यक्षमा लोसपाकी नर्वदा देवि उपाध्यायले ४ हजार ९४२ मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८८९ मत प्राप्त गर्नुभयो ।
यसैगरी, रोहिणी गाउँपालिकाको अध्यक्ष जसपाले जितेको छ । जसपाका विद्या प्रसाद यादवले ७ हजार ४९६ मत ल्याउँदै विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ताहिर अलि भाटले ६ हजार ४५८ मत ल्याउनुभयो ।
यहाँ एमाले र कांग्रेसका उम्मेदवार निकै पछाडि रहेका छन् । एमालेका सरोजकुमार यादवले ३ हजार १०२ मत र कांग्रेसका बैज नाथ साहनीले २ हजार ३५६ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्ष पदमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिव कान्ती चमार विजयी हुनु भएको छ । उहाँले ६ हजार १५४ प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाकी रिमा मिश्राले ५ हजार ९०२ मत र एमालेकी बसन्ती पाण्डेले ३ हजार ३८ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्