रौतहटमा थप दुई पालिकाको मत परिणाम सार्बजनिक « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


रौतहटमा थप दुई पालिकाको मत परिणाम सार्बजनिक

चन्द्रपुर नगरमा कांग्रेस र मौलापुर नगरमा एमाले विजयी

1.105k
Shares

रौतहट । रौतहटमा थप २ पालिकाको मत परिणाम सार्बजनिक भएको छ । यससँगै रौतहटमा ६ पालिकाको मत परिणाम सार्बजनिक भैसकेको छ ।

पछिल्लो मत परिणामअनुसार रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने मौलापुर नगरको प्रमुख र उपप्रमुखमा नेकपा एमालले विजय हासिल गरेको छ ।

चन्द्रपुर नगरपालिमा कांग्रेसका मेयरका उम्मेदवार सञ्जयकुमार काफ्ले नगरप्रमुखमा ९ हजार १६३ र उपप्रमखमा कांग्रेसकै जयमाला चौधरीले ११ हजार ३७८ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

मेयरमा काफ्लेले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शिवप्रसाद आचार्यलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गर्नु भएको हो । पराजित एमाले उम्मेदवार आचार्यले ६ हजार ५२४ मत प्राप्त गर्नु भएको छ । नगरप्रमुखमा निर्बाचित काफ्ले चन्द्रपुर–५ का निवर्तमान वडा अध्यक्ष हुनुहुन्छ । पाँच वर्ष वडामा काम गरेको अनुभव उहासँग रहेको छ ।

यस्तै उपमेयरमा कांग्रेसका चौधरीले ११ हजार ३७८ मत पाएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६४० प्राप्त गर्नुभएको छ ।

उता, मौलापुर नगरपालिकाको मेयरमा एमालेका रीना कुमारी साहले ५ हजार ५६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको यो दोस्रो कार्यकाल रहने छ । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राम प्रबेश राय यादबले ३ हजार ६२ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा एमालेकै नागेन्द्र प्रसाद यादवले ४ हजार ९१४ मत प्राप्त गर्नु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रीना कुमारी साहले ३ हजार ४०३ मत प्राप्त गर्नुभएको छ ।