कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ सञ्चालनमा « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ सञ्चालनमा


208
Shares

काठमाडौं । कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ सञ्चालनमा आएको छ ।

चौधरी फाउण्डेसनले काठमाडौंको महाराजगंजस्थित कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरि अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेसँगै सो आकस्मिक कक्ष सञ्चालनमा आएको हो । बुधबार राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गर्नुभएको हो ।

आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रुपैयाँ रहेकोे फाउन्डेसनले जनाएको छ ।

पmाउण्डेसनले इमर्जेन्सी वार्डको पुनसंरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामाग्री पनि अस्पताललाई उपलब्ध गराएको जानकारी गराइएको छ ।

इमर्जेन्सी वार्डलाई निःशुल्क वाईफाई जोन पनि बनाइएको बताइएको छ ।