१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


बैतडीमा कांग्रेस र एमाले बराबरी, माओवादी र स्वतन्त्रलाई एक–एक पालिका


429
Shares

बैतडी । जिल्लाका सबै पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले चार/चार स्थानमा विजयी भएका हुन् । नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र १/१ पालिकामा प्रमुख पदमा विजयी भएका छन् ।

पुर्चाैडीमा नेपाली कांग्रेसका दीपक बहादुर बम विजयी हुँदा पाटनमा कांग्रेसकै गोरी सिंह रावल विजयी हुनुभयो ।

शिवनाथमा नेपाली कांग्रेसकै कर्ण सिंह साउद र सिगास गाउँपालिकामा कांग्रेसका हरिसिंह धामी विजयी हुनुभयो ।

दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुष्कराज जोशी विजयी हुँदा पञ्चेश्वर गाउँपालिकामा एमालेकै गोरखबहादुर चन्दले बाजी मार्नुभयो ।

दोगाडाकेदार गाउँपालिकामा एमालेका चक्र कार्की विजयी हुँदा सुर्नया गाउँपालिकामा एमालेका अम्मर कुवँरले पासा पल्टाउनुभयो ।

मेलौली नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द विजयी हुनुभयो । डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी हुनुभयो ।