३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी


273
Shares

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतोले ३ हजार ९९५ मत तथा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गीता देवी महतोले ३ हजार ८६० मत ल्याएर विजयी हुनु भएका हुन् ।

महतोका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गीता देवीको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार मन्जु देवीले २ हजार ९५८ मत प्राप्त गर्नु भउको चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिनुभयो ।

यो सँगै सर्लाहीमा कांग्रेसले ९ पालिकामा जित निकालेको छ भने माओवादी केन्द्रले २ पालिकामा जित निकोलेको छ ।