घट्यो सुनचाँदीको मूल्य « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


घट्यो सुनचाँदीको मूल्य


5.993k
Shares

काठमाडौं । साताको चौथो दिन बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९ सयले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार १० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।