
सर्लाही। सर्लाहीको मलंगवा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मलंगवा नगरपालिकाको मेयरमा कांग्रेसका नागेन्द्रप्रसाद यादव ९ हजार ७८ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा) का निरसल शाहले ४ हजार ६ सय ३९ मत प्राप्त गरेर पराजित हुनुभएको छ।
सोही नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकै शकुन्तलादेवी शाह ५ हजार १ सय ४३ मत प्राप्त गरे विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) की पानोदेवीले ५ हजार १ सय ३९ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।सर्लाहीमा अहिलेसम्म १० वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बाँकी १० पालिकामा मतगणना जारी रहेको छ ।
मलंगवा नगरपालिकाको मतगणना सार्वजनिक भएका १० पालिकामध्ये ८ पालिकामा कांग्रेस र २ वटा पालिकामा माओवादी केन्द्र विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस्