
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाली कांगेसका जवहालाल यादव निर्वाचित हुनुभएको छ ।
उहाँले ३ हजार २११ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका (जसपा) का उम्मेदवार विजय कुमा यादवले ३ हजार मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, उप प्रमुखमा पनि कांगेसकै उषादेवी २ हजार ९३९ मत प्राप्त गर्नु भई निर्वाचित हुनुभएको छ । देवीका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार सुनिता देवी जैसवालले २ हजार ४७० प्राप्त गर्नुभएको छ ।
यस्तै, सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धिरेन्द्र राय निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ४६६ मत ल्याउँदा प्रतिस्पर्धी जनता समाजवादी पार्टीका (जसपा) का उम्मेदवार दिनेश कुमार यादवले १ हजार ८५८ मत मात्र प्राप्त गर्नुभएको छ ।
उप प्रमुखमा पनि कांग्रेसकै नतुन देवी २ हजार ३९ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । उपप्रमुख देवीका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार नसरुल खातुनले एक हजार ४१ प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्