९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


0
Shares

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

मेयरमा कांग्रेसका जीवन खत्री ९ हजार ५५० मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी बिना बास्तोलाले ९ हजार १६० मत पाउनु भएको छ । यस्तै, राप्रपाका रविन्द्र प्रताप शाहले ८ हजार ६७ मत पाउनु भएको छ ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेका रमेश बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेसकी सुभद्रा काफ्लेले ९ हजार ७६ मत पाउनु भएको छ ।