रौतहटको परोहा र राजदेवी नगरपालिकाको नतिजा सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


रौतहटको परोहा र राजदेवी नगरपालिकाको नतिजा सार्वजनिक

परोहामा कांग्रेस र राजदेवीमा एकिकृत समाजवादी

416
Shares

रौतहट । रौतहटको मतगणना हुँदै गरेको पालिकाका नतिजा सार्वजनिक हुँदै गएको छ । रौतहटको अरु दुई पालिका (परोहा र राजदेवी नगरपालिका) को मत परिणाम सार्वजनिक भएको छ ।

रौतहटको परोहा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका शेष वकिलले ६ हजार ८२३ मत र उपमेयरमा कांग्रेसकी सुगन्धी गिरीले ६ हजार १६५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

वकिलको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अरुण जैयसवालले ४ हजार ५८१ र उपप्रमुखमा माओवादी केन्द्रकै बीणा कुमारीले ४ हजार ३४५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, राजदेवी नगरपालिकाको मेयर पदमा नेकपा एकिकृत समाजवादीका भिखारी प्रसाद राय यादवले ५ हजार १ सय र उपमेयर पदमा समाजबादीकै राज कुमारी साहले ५ हजार ८४० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यादवको निकटतम प्रतिद्वन्द्वीमा यस अघि मेयर रहनु भएका कांग्रेसका उम्मेदबार धीरेन्द्र सिंहले ३ हजार ५२४ मत र अर्चना यादबले ३ हजार १४९ मत प्राप्त गर्नुभएको हो ।

यस अघि दुर्गा भगबती गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका शम्भु सिंहले १ हजार २२२ फराकिलो मतान्तरले विजयी हुनुभएको छ । उहाँले ४ हजार २०४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अरुण साहले २ हजार ९८२ मत प्राप्त गर्नुभएको हो । यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शीला देवीले ३२२ मत अन्तरले विजयी हुनुभएको छ । उहाँले २ हजार ६७९ मतले विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी कांग्रेसका मन्जु देवीले २ हजार ३५७ मत प्राप्त गर्नुभएको हो ।