
मोरङ, चैत २८ । विराटनगरको कोशी अस्पतालमा कोरोनाभाइरसका शंकास्पद बिरामीको नमुना परीक्षणका लागि ल्याब स्थापना गरिएको छ ।
अस्पतालको ल्याबबाट दैनिक २०० जनासम्मको नमुना संकलन र परीक्षण गर्न सकिने बताइएको छ ।
संघीय सरकारले कोरोना परीक्षणका लागि आवश्यक उपकरण र केमिकल प्रदेश सरकालाई उपलब्ध गराएको छ ।
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोनाको परीक्षण शुक्रबारबाट सुरु हुने जानकारी दिइन् ।
कोशी अस्पताल विराटनगरमा राखिएको ल्याबको प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले निरीक्षण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्