१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


सरकार सत्ता सेटिङमा व्यस्त : प्रदीप ज्ञवाली


221
Shares

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश गम्भीर शंकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा व्यस्त भएको आरोप लगाउनुभएको छ ।

मंगलार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्ञवालीले सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन आग्रह गर्नुभयो । उहाँले मुलुक झन्डै झन्डै राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न नेकपा एमालेले बिरोधको स्वरुपलाई परिवर्तन गरेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री र मन्त्रीहरु सत्ता सेटिङमा नै व्यस्त रहेको बताउनुभयो । उहाँले सरकारलाई महंगीले, हरेक नागरिकको हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुरा र मुलुकको अर्थतन्त्रका सबै सूचकहरुमा रातो बत्ती बल्दै गरेको अवस्थाले पनि छुन नसकेको बताउनुभयो । सांसद ज्ञवालीले देशको स्थिति धेरै भयावह हुँदै गइरहेको पनि बताउनुभयो ।

सांसद ज्ञवालीले स्थानीय तह निर्वाचनमा नेकपा एमालेका कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण हुँदा समेत सरकारे चासो नदेखाएकोप्रति गुनासो गर्नुभयो ।