३० असार २०८२, सोमबार | Tue Jul 15 2025


निर्माण व्यवसायी महासंघद्वारा सातओटै प्रदेशलाई जनही १३ लाख सहयोग


0
Shares

काठमाडौं, चैत २८ । नेपाल निर्माण व्यवसायी महासंघले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि मुलुकका सातओटै प्रदेश सरकारलाई १३ लाख रुपैयाँका दरले सहयोग गरेको छ ।

महासंघले प्रत्येक प्रदेशलाई निर्माणकार्यको बिलबाट कट्टा गरी निर्माण व्यवसाय विकास परिषद्मा जम्मा गरेको रकमबाट प्रत्येक प्रदेशलाई १३ लाखका दरले ९१ लाख रुपैयाँ सहयोग गरेको जनाएको हो ।

यसअघि पनि महासंघले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरिसकेको र थप ९१ लाख सहयोग गरेको जनाएको हो ।