
काठमाडौं, चैत २८ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लकडाउनको अवधिमा प्रेस स्वतन्त्रताको हनन् हुन नदिन महासंघ सचेत रहेको बताए ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनलगायत बिभिन्न संघ संस्थाले सञ्चारकर्मीको सुरक्षाका लागि प्रदानग गरेको सामाग्री बुझर्दै उनले लकडाउनको अविधिमा प्रेस स्वतन्त्रताका सातवटा घटना घटेको बताए ।
उनले देशभरमा १२ जना सञ्चाारकर्मी पिडित भएको पनि बताए । प्रेस स्वतन्त्रताको हनन हुन नदिन नेपाल मानवअधिकार आयोग, नेपाल बार एशोसिएशनलगायतका पेशागत महासंघले साझा धारणा बनाएको पनि बताए ।
उनले सञ्चारकर्मीको सुरक्षाको लागि अनुगमनको व्यवस्था मिलाएको जानकारी दिए । प्रजातान्त्रिक युवक संगठनका उपाध्यक्ष कैलाश कटुवाल, सचिव हिक्मतजंग कार्की र काठमाडौं अध्यक्ष ऋद्धिप्रतापजंग राणाले सञ्चारकर्मीहरुलाई सेनीटाईजर, माक्स, ग्लोवसलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
त्यसैगरी दैनिक फिल्डमा खटिने सुरक्षाकर्मीलाईसमेत बिभिन्न सामाग्रि प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्