अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी


182
Shares

काठमाडौं। अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर बिसी विजयी हुनुभएको छ ।

उहाँले ३ हजार ५२३ मत प्राप्त गरेर विजयी हुनुभएको हाे । उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत प्राप्त गरेर पराजित हुनुभएको छ । तेस्रो स्थानमा रहनुभएका माओवादी केन्द्रका मन बहादुर वयकले ३ हजार ९१ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेकै विमलाकुमारी शाही विजयी हुनुभएको छ । उहाँले ३ हजार ५०१ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्दी कांग्रेसकी अनुजाकुमारी सिंजापतीले ३ हजार ४५२ मत प्राप्त गर्नुभएको हो।

तेस्रो स्थानमा रहनुभएकी राप्रपाकी धर्माकुमारी बुढाले ३८ मत प्राप्त गर्नुभएको छ ।