कास्कीको अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा एमालेका विष्णु कुमार के.सी. विजयी « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


कास्कीको अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा एमालेका विष्णु कुमार के.सी. विजयी


338
Shares

पोखरा । कास्कीको अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विष्णु कुमार के.सी. विजयी हुनुभएको छ । नेपाली कांग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतल पछि पार्दै के.सी. विजयी हुनुभएको हो ।

के.सी.ले ६ हजार ७२२ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका कुवँरले ५ हजार ९५९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा नेकपा एमालेकी चन्द्रकला अधिकारीले ६ हजार ६०८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी खिमकुमारी गुरुङले ६ हजार १४ मत प्राप्त गर्नुभएको छ ।

अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो ।