Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


अर्घाखाँचीमा ‘लकडाउन’मा काठ तस्करी बढ्यो


0
Shares

अर्घाखाँची, चैत २८ । अर्घाखाँचीमा ‘लकडाउन’को समयमा काठ तस्करी बढेको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीको वनगस्ती टोलीले लकडाउनको मौका छोपेर वन क्षेत्रमा काठ चोरी गर्नका लागि वनमै रुख ढालेर काटिरहेको केही काठ फेला पारेको छ ।

जिल्लाको शितगंगा नगरपालिका–११, खयरभट्टीमा करिब दुई लाख रुपैयाँ मूल्य पर्ने काठको तस्करी भएको बताइएको छ ।

अन्य काठ भने डिभिजन वन कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।

काठ तस्कर फरार रहेको र उनीहरुको खोजी भइरहेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिए ।