कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित


130
Shares

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ ।

अन्तिम मतपरिणाम अनुसार मिनबहादुरले नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरले पराजित गर्दै निर्वाचित हुनु भएको हो ।

कांग्रेसका मिनबहादुरले ५ हजार ९८१ मत प्राप्त गर्नुभयो भने विक्रमले ५ हजार ५१५ प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित हुनु भएको हो । उहाँले एमालेकी सीता तिवारीलाई ४२५ मतान्तरले पराजित गर्नु भएको हो । अधिकारीले ५ हजार २७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८९७ मत प्राप्त गर्नु भयो ।

माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसले ७ वटा वडामा विजयी भएको छ । जसमध्ये वडा नम्वर १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिचन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी, ५ मा नारदप्रसाद पौडेल, ८ मा राम गुरुङ र ९ मा हरिबहादुर क्षेत्री वडाध्यक्षमा निर्वाचित हुनु भएको हो ।

यस्तै, वडा नम्वर ६ मा नेकपा एमालेका टेकनाथ गौतम र ७ मा नेकपा माओवादी केन्द्रका बैकुण्ठ प्रसाद भण्डारी निर्वाचित हुनु भएको छ ।