
काठमाडौं । बुद्ध जयन्तीका अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउनु भएको छ ।
मोदी सोमबार बिहान (आज) लुम्बिनी आउनु भएको हो । उहाँ १० बजे भैरहवामा ओर्लिनु भएको थियो । उहाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उहाँका लागि बनाइएको हेलिप्याडमा ओर्लिनु भएको थियो । नेपाल ओर्लिने बित्तिकै मोदीले बुद्ध जन्म स्थल लुम्बिनी आउन पाउँदा खुशी लागेको बताउनुभयो ।
भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्