भरतपुरमा विजय सुवेदीले अग्रता बढाउदै « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


भरतपुरमा विजय सुवेदीले अग्रता बढाउदै


17.953k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता बढाउनुभएको छ ।

११ हजार सय ७ मतगणना हुँदा एमालेका विजयले ३८ सय ३८ मत प्राप्त गर्दै अग्रता लिनुभएको हो । उहाँलाई पछ्याइ रहनुभएकी माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले ३८ सय ५ मत प्राप्त गर्नुभएको छ।

विजय र रेणुबीचको मतान्तर ३३ रहेको छ। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५ सय ११ मत प्राप्त गर्नुभएको छ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४३ सय ५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २९ सय ९८ मत प्राप्त गर्नुभएको छ ।