Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


लुम्बिनी प्रदेश कांग्रेस सहमहामन्त्री खनालको राजीनामा


6k
Shares

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनालले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकताका आधारमा राजिनामा दिनुभएको हो ।

२०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका खनालले अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री हुनुहुन्छ ।