
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ ।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार राम आश्रय साह र उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार अकली सहनी विजयी हुनु भएको छ ।
अध्यक्षमा साहले ४ हजार ४७७ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का फकिरा महतोले ३ हजार ३७८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, उपाध्यक्षमा सहनीले ४ हजार ५०४ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की निलम कुमारी देवी सहनीले ३ हजार २२५ मत प्राप्त गर्नुभयो ।
अध्यक्ष तथा उपाध्यक्षमा निर्वार्चित उहाँहरु पुनः दोस्रोपटक निर्वार्चित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्