 
	    काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित हुनुभएकाे छ।
उहाँले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिकाकाे अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे हाे । रेग्मीले ३ हजार ७७९ मत प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनबाट दत्तबहादुर बस्नेतले ३ हजार ७ सय मत प्राप्त गर्नुभएकाे हाे।
त्यस्तै कांग्रेस–एमाले गठबन्धनबाट एमालेका गोपाल रेउले उपाध्यक्षमा विजयी हुनुभएकाे छ । उहाँले ३ हजार ७६१ मत प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी आस्था विकले ३ हजार ४७४ मत प्राप्त गर्नुभएकाे छ ।
त्यस्तै पालिका अध्यक्षमा राप्रका उम्मेदवार सुधिर विक्रम शाहीले १७ मत प्राप्त गर्दा नेमकिपाका कालो खड्काले ३ मत प्राप्त गर्नुभएकाे छ । ८ वटा वडा रहेको सिस्ने गाउँपालिकामा ४ वटा वडा माओवादीले जितेको छ । ३ वटा वडा एमाले र एउटा वडा कांग्रेसले जितेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा सिस्ने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसँगै ६ वटा वडा माओवादीले जितेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्