
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारहरुले अग्रता लिनु भएको छ ।
नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विनोद कुमार साह तेली र उपमेयरमा कांग्रेसकी उम्मेदवार सुमित्रा देवी ग्वारनीले अग्रता लिनु भएको हो ।
७ हजार ९८३ मत गन्दा विनोद कुमारले ३ हजार २१२ मत ल्याएर अग्रता लिइ रहनु भएको छ । यस्तै, जनता समाजवादी पार्टी, नेपालका योग नारायण रायले १ हजार ९५१ मत तथा नेकपा एमालेका जय प्रकाश यादवले ९०२ मत प्राप्त गरी पछ्याई रहनु भएको छ ।
यसैगरी उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार सुमित्रा देवीले २ हजार ७४७ मत ल्याउनु भई अग्रता लिनु भएको छ । उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकी सुनिता देवी यादवले १ हजार ९९५ मत तथा एमालेकी अंगुरी खातुनले ९७६ मत प्राप्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्