काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता रहेकाे छ ।
विराटनगर मतगणना जारी रहदा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता फराकिलो बनाएका छन् । मेयर पदमा नागेश कोइरालाले एमाले उम्मेदवार सागर थापासँग १ हजार २१६ मत अन्तरले अग्रता लिनुभएको छ ।
उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले जसपा उम्मेदवार अमरेन्द्र यादवसँग १ हजार ३३८ मतले अग्रता लिनुभएको हो । पछिल्लो मत परिणाम अनुसार मेयरका उम्मेदवार कोइरालाले ४ हजार ५३१ मत प्राप्त गर्नुभएको छ । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले ३ हजार ३१५ मत प्राप्त गर्नुभएको हो ।
मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ३६९ मत प्राप्त गर्नुभएको छ । राप्रपा उम्मेदवार प्रह्लाद शाहले ७६६ मत प्राप्त गर्नु भएको छ । लोसपा उम्मेदवार मृत्युन्जय कुमार मिश्रले ८३ मत प्राप्त गर्नुभएको छ । जनमत पार्टीका उम्मेदवार अरुण मण्डलले ६२ मत प्राप्त गर्नुभएको हो ।
उपमेयर पदमा शिल्पा कार्कीले ३ हजार ७६३ मत प्राप्त गर्नुभएको छ । जसपाबाट उपमेयरको उम्मेदवार अमरेन्द्र यादवले २ हजार ४२५ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिना न्यौपानेले ७६६ मत प्राप्त गर्नुभएको छ ।
राप्रपा उम्मेदवार बिन्दा आचार्यले ९५४ मत प्राप्त गर्नभएको छ ।
प्रतिक्रिया दिनुहोस्