सुस्ता गाउँपालिकामा मतगणना सुस्त « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


सुस्ता गाउँपालिकामा मतगणना सुस्त


351
Shares

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा मतगणना कार्य सुस्त भएको छ ।

शनिबार बिहानदेखि २ वटा कोठामा २ वडाको मत गणना कार्य जारी छ ।

अन्य पालिकामा ७ हजार मत गन्दा त्यहाँ आइतबार दिउँसोसम्म २ हजार मत पनि गन्न सकिएको छैन् । ५ वटा वडा रहेको गाउँपालिकामा कुल मतदाता संख्या २३ हजार ९ सय ५९ छ ।

जसमा १८ हजार ७ सय ५४ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिनुभयो ।

शनिबार बिहानदेखि वडा नं. १ र २ को मत गणना भइरहेको छ । वडा नं. १ मा ३६ सय ६४ र वडा नं. २ मा ३६ सय ९१ मत खसेको छ । आइतबार दिउँसो सम्म वडा नं. १ मा १७ सय र वडा नं. २ मा २ हजार मत गनिएको छ ।

७ पालिका रहेको जिल्लामा आइतबार दिउँसोसम्म १४ वटा वडाको मत गणना सकिदा सुस्तामा भने कुनै वडाको मत गणना सकिएको छैन । सोमबार दिउँसोसम्म गणना भइरहेको २ वटा वडाको गणना सकिने र त्यसपछि अन्य वडाको शुरु गरिने निर्वाचन अधिकृत खिमानन्द ज्ञवालीले बताउनुभयो ।