
काठमाडौं, चैत २७ । काठमाडौंको मखनटोलमा रक्तदान गरिएको छ ।
बिहीबार महादेव मखन क्लबको आयोजना र रेडक्रसको समन्वयमा ‘लकडाउन’को बेला रगतको अभाव नहोस् भन्ने उद्देश्यसहित रक्तदान गरिएको हो ।
कोरोनाको सम्भावित महामारीलाई मध्यनजर गरेर रक्तदान कार्यक्रम गरेको काठमाडौं महानगरपालिका वडा नम्बर–२४ का वडासदस्य विनोद तुलाधरले बताए ।
रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका व्यक्तिहरुले रक्तदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्