Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


0
Shares

सिन्धुली । कमलामार्ई नगरपालिकाले अहिलेको विषम परिस्थितिमा दुई महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगरपालिकाले जेष्ठ नागरिक, अपाङ्गता भएका असाहाय, एकल महिला तथा विपन्न वर्गलाई अग्रिम सामाजिक सुरक्षा वितरण गरेको हो ।

नगरप्रमुख खड्ग खत्रीले नगरपालिकाको विभिन्न वडामा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको जानकारी दिए ।

उनले लकडाउनको समयमा बैंकमार्फत वितरण गर्दा भीडभाड नहोस् भनी घरघरमै पु¥याइएको बताए ।