१३ आश्विन २०८०, शनिबार | Sun Oct 1 2023


सहायक मतदान अधिकृत ढकालको मृत्यु


6.552k
Shares

काठमाडौं । सुर्खेतमा स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृत हृदयराम ढकालको दुर्घटनामा परेर मृत्यु भएको छ ।

शुक्रबार राति वीरेन्द्रनगर ८ मा मोटरसाइकल दुर्घटनामापरि उहाँकाे मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ । दुर्घटनामा परेका ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहायक मतदान अधिकृत हृदयराम ढकाल शुक्रबार बिहानदेखि वीरेन्द्रनगर-३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिनुभएकाे थियाे।