काठमाडौं महानगरपालिकामा मतगणना सुरु « Imagekhabar – Online News Portal of Nepal


काठमाडौं महानगरपालिकामा मतगणना सुरु


4.836k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएकाे छ ।

राष्ट्रिय सभागृहमा आज (शनिबार) बिहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हाे । साेही महानगरपालिकामा शनिबार बिहान बसेकाे सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति भएको हाे ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन शाह लगायत उम्मेदवार रहेका छन् ।

काठमाडौं महानगरको मतगणना वडा नं १ र ३२ बाट सुरु हुने भएको छ ।