
उदयपुर, चैत २६ । कोरोनाभाइरसको सम्भावित महामारीलाई फैलिन नदिन उदयपुरमा ६७ जनालाई ‘क्वारेन्टाइन’मा राखिएको छ ।
उनीहरुलाई स्थानीय तह र स्वास्थ्य केन्द्रले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको हो ।
६७ जनामध्ये एकजनालाई ‘आइसोलेसन वार्ड’मा राखिएको छ ।
१२ जनाको थ्रोट स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा सबैको प्रयोगशाला ‘रिपोर्ट नेगेटिभ’ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
एकजनालाई चौदण्डीगढी हस्पिटलको आइसोलेसन वार्डमा राखिएको र उनको स्वाब परीक्षणका लागि धरान पठाउने तयारी भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्