२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


मलंगवामा ‘आइसीयू’ र भेन्टिलेटरबिना नै आइसोलेटेड बेड


0
Shares

सर्लाही, चैत २६ । कोरोनाभाइरसको जोखिम नियन्त्रण तथा उपचारको लागि सर्लाहीको मलंगवामा १५ शय्याको ‘आइसोलेटेड बेड’ तयार पारिएको छ ।

‘आइसीयू’ र भेन्टिलेटर उपकरणबिना नै आइसोलेटेड बेड तयार पारिएको हो ।

जिल्ला अस्पताल परिसरमा निर्माण गरिएको आइसोलेटेड बेडमा उच्च ज्वरो आएका अर्थात् कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको उपचार गरिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

अत्यधिक ज्वरो आएका बिरामीलाई तत्कालै एम्बुलेन्स फेला नपरे केही समय ‘आइसोलेसन’मा राखेर उपचार गर्न मिल्ने गरी बेड तयार पारिएको छ ।

आइसोलेसनमा राखिएका बिरामीलाई तत्कालका लागि जिल्ला अस्पतालकै चिकित्सक र स्वास्थ्यकर्मीले निगरानी गर्नेछन् ।

अस्पतालमा चिकित्सक भएपनि स्टाफ नर्स, सरसफाइ गर्ने कर्मचारीलगायत जनशक्तिको अभाव छ ।

सर्लाहीमा छिमेकी मुलुक भारत र अन्य देशबाट फर्किएकाहरुलाई राख्न २० ओटै स्थानीय तहले ‘क्वारेन्टाइन’ निर्माण गरेका छन् ।