५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


सिन्धुलीमा मरिण गाउँपालिकामा माओवादीको अग्रता


3.367k
Shares

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

५ सय मत गन्दा माओवादी केन्द्रका विमर्श मोक्तानले २८२ र एमालेका गोविन्दलाल मााझीले १९९ मत प्राप्त गरेका छन् ।उपाध्यक्ष कांग्रेसकी विमला माझीले २३८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीकी छलिमाया रानामगरले ७ र स्वतन्त्र मञ्जु माझीले १ मत प्राप्त गरेका छन् ।

वडा नं १ बाट मतगणना सुरु भएको छ । वडा नं १ को वडाध्यक्षमा माओवादी केन्द्रले २५७ एमालेले १६८ र कांग्रेसले ९० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत दुर्गा बञ्जााडेले जानकारी दिनुभएकाे छ। कुल मत १६ हजार ८ सय ४६ मध्ये १२ हजार १ सय ५८ मत खसेको थियो । यो ७२.१७ प्रतिशत हो ।

सिन्धुलीको मरिण गाउँपालिकामा जम्मा ७ वडा रहेका छन् ।