२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


धरानमा ८३ जनाको ‘रिपोर्ट नेगेटिभ’


0
Shares

धरान, चैत २६ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाभाइरसको परीक्षण सुरु भएसँगै १२३ जनाको स्वाब परीक्षण गरिएको छ ।

परिक्षण गरिएकामध्ये ८३ जनाको कोरोनाभाइरसको ‘रिपोर्ट नेगेटिभ’ आएको छ भने ४० जनाको परीक्षण भइरहेको प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।

धरानमा दैनिक १५ जना बिरामीको स्वाब परीक्षण हुँदै आएको छ ।

कोरोनाभाइरसको आशंकामा भर्ना भएका दुईजनालाई प्रतिष्ठानको ‘आइसोलेसन वार्ड’मा राखेर उपचार भइरहेको छ ।

प्रदेश नम्बर–१ र २ का विभिन्न जिल्लाबाट कोरोनाभाइरसको संक्रमण आशंका गरिएका बिरामीहरुको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि प्रतिष्ठानमा आउने गरेको डा. ऐरले जानकारी दिए ।