बाबुराम भट्टराईलाई स्पष्टिकरण सोध्नु नै आयोगका लागि ठूलो हो : प्रवक्ता शर्मा « Imagekhabar – Online News Portal of Nepal


बाबुराम भट्टराईलाई स्पष्टिकरण सोध्नु नै आयोगका लागि ठूलो हो : प्रवक्ता शर्मा


2.418k
Shares

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्पष्टिकरण सोध्नुलाई ठूलो रूपमा लिएको जनाएको छ ।

मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्र्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनताले विश्वास गरेको र लामो समय मुख्य पदमा बसिसकेको व्यक्तिलाई स्पष्टिकरण सोध्नुलाई नै ठूलो विषय भएको बताउनुभयो ।

शर्माले भन्नुभयो, ‘उहाँको नाम त किन लिनु र ! जनताले विश्वास गरेको र देशको प्रमुख पदमा बसिसकेको मानिसलाई स्पष्टिकरण सोध्नु नै ठूलो कुरा हो ।’

शुक्रबार भएको निर्वाचनमा डा. भट्टराईले स्वस्तिक छाप लगाएको मतपत्रको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो । साथै उहाँले मतदानलाई सार्वजनिक गर्नु कुनै नौलो विषय नभएको तर्क गर्नुभएको थियो ।