
विराटनगर । विराटनगरमा ६० प्रतिशत मत खसेको छ ।
शुक्रबार स्थानीय तहको निर्वाचनमा विराटनगरमा ६० प्रतिशत मतदान भएको हो ।
मतदानस्थलबाट मतपेटिका सङ्कलनपछि सर्वदलीय छलफल गर्ने र छलफलपछि मतगणनाको समय निर्धारण गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर ढुकाथोकीले बताउनुभयो ।
उहाँले मतपेटिका सङ्कलनपछि आजै सर्वदलीय बैठक बस्ने बताउनुभयो । मत पेटिका संकलन गर्ने कार्य भईरेहेको छ ।
विराटनगरको मतगणना आदर्श स्कुलमा हुने छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आजै मतगणनाका लागि सुझाव दिइएको बताउनुभयो । महानगरमा १ लाख ३३ हजार मतदाता छन् । विराटनगरमा शुक्रबार बेलुका ४ बजेसम्म ६० प्रतिशत मतदान भएको थियो ।
मोरंगका १७ वटै स्थनीय तहको निर्वाचन सफलता पुर्वक सम्पन्न भएको छ । सबै स्थानीय तहबाट ६० प्रतिशत मतदान भएको छ ।
प्रतिक्रिया दिनुहोस्